दफा
परिभाषा  :

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “कार्यालय” भन्नाले सरकारी तथा सार्वजनिक कार्यालय सम्झनुपर्छ र सोशब्दले  …………….. नेपाल सरकारबाट समय समयमा गठन गरिएका अस्थायी वा आवधिक आयोग वा समितिको कार्यालयलाई समेत जनाउँछ ।  स्पष्टीकरणः– यस खण्डको प्रयोजनको लागि “सार्वजनिक कार्यालय” भन्नाले नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको सार्वजनिक संस्थाको कार्यालय सम्झनुपर्छ ।
(ख) “वर्गीकृत लिखत” भन्नाले दफा ३ बमोजिम वर्गीकरण गरिएको लिखत सम्झनु पर्छ ।
(ग) “तोकिएको” वा “तोकिएबमोजिम” भन्नाले यो ऐन अन्तर्गत बनेको नियममा वा जारी गरिएको आदेशमा तोकिएको वा तोकिएबमोजिम सम्झनुपर्छ ।